पेनोम पेन्ह दक्षिणपूर्वि एसियाली राष्ट्र कम्बोडियाको राजधानी तथा प्रमुख शहर हो । यो शहर टोन्ले साप तथा मेकङ नदीको किनारमा बसेको छ, फ्रेञ्च विस्तारको बेला देखि नै यो शहर कम्बोडियाको राजधानीको रूपमा रहेको छ । साथै यो शहर देशको अर्थतन्त्र, औद्योगिक तथा सास्कृतिक केन्द्रको रूपमा स्थापित भएको छ ।
कुनै समयमा एसियाको मोति भनेर चिनिने यो शहर सन् १९२० को फ्रेञ्चहरूले बनाएको इन्डोचाईना शहरहरू मध्ये सबैभन्दा राम्रो शहर मानिन्छ । पेनोम पेन्ह पर्यटकहरूको लागि एउटा आकर्षणको केन्द्रको साथै मुख्य पर्यटकीय स्थल पनि हो । सन् १४३४ मा स्थापना भएको यो शहर सुन्दर तथा ऐतिहासिक वास्तुकला तथा आर्कषणको लागि प्रख्यात छ । यो शहरमा विभिन्न स्थानहरूमा छरिएर धेरै फ्रेञ्च कोनोनियल भवनहरू अझै पनि रहेको छ ।
यो महानगरीय शहरमा करिब १५ लाख मानिसहरू बसोबास गर्दछन् जबकी कम्बोडियाको जनसङ्ख्या १ करोड ४८ लाख रहेको छ ।